- सागर थापा
चैत ७, दाङ । दाङमा होली पर्वमा अमर्यादित कार्य गरेको अभियोगमा दाङ प्रहरीले २२ जनालाई नियन्त्रणमा लिएको छ ।
जर्वजस्ती रंग र लोला हान्ने, अत्यधिक मादक पदार्थ सेवन गरी हो हल्ला गर्ने र सवारी साधन चलाउने, क्षमता भन्दा धेरै यात्रु राख्ने कार्यमा संलग्न भएका २२ जनालाई दाङ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बेल पान्डेले जानकारी दिएका छन् । त्यसैगरी उक्त कार्यमा प्रयोग भएका ३६ वटा मोटरसाईकल ५ वटा स्कुटी २ वटा कार समेतलाई नियन्त्रणमा लिएको छ । एक जना जबर्जस्ती गर्न खोज्ने पक्राउ परेका छन भने अरु फरार रहेको दाङ प्रहरीले जनाएको छ ।
अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने तथा चाड पर्वलाई मर्यादित बनाउन प्रहरीको बिशेष अभियान अन्तरगत भएको निगरानीमा विभिन्न ठाउँबाट उनिहरुलाई पक्राउ गरिएको र अनुसन्धान भैरहेको दाङ प्रहरी प्रमुख एसपी पान्डेले बताएका छ्न ।