• २०८२ जेष्ठ ४ गते शनिवार

प्रहरी सहायक निरिक्षक नबिनकुमार झा घुससहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, धनुषा । ट्राफिक प्रहरी पोस्ट महेन्द्रनगर धनुषाका प्रहरी सहायक निरिक्षक नबिनकुमार झा घुससहित पक्राउ परेका छन्। ट्रिपरको सम्पूर्ण कागजात हुँदाहुँदै पनि विभिन्न बहाना बनाएर झाले सेवाग्राहीसँग घुस  लिदालिँदै पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असई झालाई सेवाग्राहीबाट १ हजार घुस लिइसकेको अवस्थामा क्षिरेश्वरनाथ नगरपालिका-५ धनुषास्थित सखुवा चोकमा रहेको प्रहरी बिटबाट पक्राउ गरेको हो। उनले प्रत्येक ट्रिपरबाट १-१ हजार लिने गरेका थिए। घुससहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तिायरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस