मंसिर १७,धनकुटा । धनकुटामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
आइतबार राति साढे ७ बजे घरबाट निस्किएका कार्की सोमबार दिउँसोसम्म घर फर्किएर नआएपछि आफन्तहरुले खोजतलास गर्ने क्रममा छुम्लिङ भिर मुनी महालक्ष्मी नगरपालिका-६ मुंगालीगाउँका ५२ बर्षीय लाल बहादुर कार्की मृत अवस्थामा फेला परेका १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।