• २०८२ बैशाख २९ गते सोमवार

लोकेन्द्र राईलाई छुरा प्रहार गर्ने फरार कृष्ण राइ पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

बिनोद दर्नाल, सुनसरी

कार्त्तिक १७, सुनसरी । गत कात्तिक ३ गते दिनको लगभग ४:३० बजेको समयमा टेम्पोको भाडाको बिषयमा धरान १७ बस्ने २२ बर्सीय लोकेन्द्र राईलाई उनकै घर धरान वडा न. ११ बस्ने बर्ष २८ बर्सीय कृष्ण राई लोकेन्द्र राईलाई कुटपिट गरी छुराले ढाडमा प्रहार गरी सक्त घाईते बनाएको घटनामा संलग्न ४ जनालाई सोहिदिन कार्त्तिक ३ गते नै पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान भई रहेकोमा उक्त घटनामा संलग्न कृष्ण राई फरार रहेका थिए ।

फरार राइ काठमाण्डौमा लुकी छिपी बसेको सुचनाको आधारमा ईलाका प्रहरी धरान बाट खटिएको प्रहरी टोलीले कृष्ण राईलाई यही कार्त्तिक १४ गते फेला पारी पक्राउ गरेको छ । राइ लाई पक्राउ पछी ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप प्रकृया अगाडि बढाईएको ईलाका प्रहरी कार्यलका डि एस पि ढुण्डिराज न्यौपाने ले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस