कात्तिक १७, रौतहट । सूर्य उपासना तथा लोकआस्थाको पर्व छठ उदाँउदो सूर्यलाई अर्घ दिएर श्रद्धा पूर्वक रौतहटमा पनि सम्पन्न भएको छ ।
गत बिहिवार देखी सुरु भएको छठ पर्वको अन्तिम दिन आज उदाउदो सूर्यलाई ब्रतालुहरुले अर्घ दिएसंगै आस्थाको पर्व सम्पन्न भएको हो ।
उदाँउदो सूर्यलाई अर्घ नदिएसम्म कतिपय भाकल गरेका महिला तथा पुरुष ब्रतालुहरु छठीघाटमा रहेका जलासयको पानीमै उभेर छठीमाताको प्रार्थना गर्दै सूर्य दर्शन गरेका थिए ।
सूर्यलाई अर्घ दिएलगतै छठघाट बाटै प्रसाद बितरण गरीन्छ भने ब्रतालु महिलाहरुले घरका छोरी बुहारी तथा आफु भन्दा कान्छा उमेरका महिलालाई आशिर्वाद स्वरुप लामो सिन्दुुर लगाउने चलन रहेको छ ।
जिल्लाको पश्चिमीभेग कटहरिया, फतुआ बिजयपुर, मौलापुर, देवाहीगोनाही, लगायत लालबकैया नदीको वारी पारी रहेका गाँउका मानिसहरु नदी किनारमा निर्माण गरेको मण्डप, निर्माणगरी छठपर्व मनाएका छन् ।
त्यसैगरी पुर्वीभेगका बागमती नदीको किनारमा र जिल्लाको अन्यभाग गौर, गरुडा, शिवनगर, चन्द्रपुर लगायतका स्थानका ब्रतालुहरु चाँदीनदी, तहारी, भकुआ, बरहवा ताल, लगायत पोखरी तथा जलायस किनारमा मंडप निर्माण गरेर छठपर्व मनाएका छन् ।
छठपर्वको अवसरमा घर बाहिर जागिर, ब्यापार तथा अन्य काम बिषेशमा रहेकाहरु आ–आफना घर आएर सपरिवार हर्षोउलासका साथ पर्व मनाएका छन् ।
बिगतमा मद्धेसी तथा हिन्दु समुदायले मात्र गर्दै आएको लोकपर्व छठ यस पटक पाहाडे मुलका महिलाका साथै मुश्लिम महिलाले पनि श्रद्धाभक्ती र बिधि पुर्वक मनाएका छन् ।
पाहाडे बाहुल्य रहेको चन्द्रनिगाहपुरमा मधेसी महिलाको हाराहारीमा पाहाडे महिलाले छठपर्वको ब्रत गरेको स्थानिय पत्रकार अशोक पाहाडीले जानकारी दिएका छन् ।
त्यसैगरी सदरमुकाम गौर, कटहरिया, समनपुर लगायतका ठाँउमा रहेका पाहाडे समुदायका महिला पुरुष उलासका साथ छठपर्वमा सहभागिता जनाएका छन् ।
छठपर्व गर्नाले सुस्वाश्थ, दिर्घायु, सन्तान सुखको प्राप्ती, दरिद्रता नास, आफन्तको भलो हुनु, चिताएको फल प्राप्ती हुनुका साथै चर्मरोगमा बिषेश प्रशिद्धी, कुष्टरोग समेत निको हुने जनसबश्वास रहीआएको छ ।
छठपर्वको अवसरमा बिभिन्न दलका नेता तथा जनप्रतिनिधीहरु घाट घाटमा घुमेर छठीमाताको दर्शन, ब्रतालु संग आशिर्वाद लिएर शुभकामना आदान प्रदान गरेका छन् ।
छठपर्वमा सुरक्षाको ब्यवस्था
यस पटकको छठपर्वको अवसरमा जिल्लामा कतै कुनै प्रकारको अप्रिय घटना न भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्लाको १८ वटा स्थानीय तहमा कुल दुई सय ८० स्थानमा छठ पर्व मनाउन मण्डप निर्माण गरिएको थियो । मण्डप र ब्रतालुुको सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै मोबाईल टोली, सादा पोसाकका टोली परिचालन गरीएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नपवक कार्कीले बताए ।