कार्तिक १७, कपिलवस्तु । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज न. पा १, रेन्जरपोष्ट (माइक्रोथान) नजिकै बीच सडकमा बम जस्तो देखिने अन्जान वस्तु राखिएको अवस्था फेला परेको छ ।
अन्जान वस्तुका कारण सडक नै अवरुद्ध भएको छ भने नेपाल प्रहरीद्वारा सुरक्षा व्यवस्था कडा गरिएको छ । नेपाल आर्मीको टोली आएपछि डिष्पोज गरि सडक सुचारु गरिने वडा प्रहरी चन्द्रौटाले जनाएको छ ।
कपिलवस्तु शिवराज १ मा रहेको सरस्वती आधारभूत विद्यालयदेखि ३०० मिटरको दूरीमा राखिएको अन्जान वस्तुले बालबालिकाहरुमा समेत त्रासमा रहेको स्थानियले जनाएका छन ।