दाङ,कात्तिक १६ । दाङस्थित सगरमाथा सिमेन्टको निर्माणाधिन भवनवाट लडेर एक मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा छिमेकी देश भारतको उत्तर प्रदेश निवासी ४५ बर्षीय रमेशकुमार पटेल रहेका छन् । जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहका अनुसार पटेल आइतवार विहान साढे ६ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. ३ स्थित सगरमाथा सिमेन्ट कारखानाको निर्माणाधिन भवनवाट लड्न पुग्दा गम्भीर घाईते भएका थिए ।
टाउकोमा गम्भीर चोट रहेका पटेललाई घोराहीमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा पठाइएको थियो । उनको त्यही उपचारका क्रममा विहान साढे १० बजेतिर मृत्यु भएको हो ।
KHABAR24NEPAL
https://www.facebook.com/Khabar24nepal/