असोज १६ स्याङ्जा । बुधबार साँझ प्रहरीले लागूऔषध सहित म्याग्दीको बेनी नगरपालिका–२ का ३२ वर्षीय श्रीराम कार्की, भिरकोट नगरपालिका–१, स्याङ्जाका २१ वर्षीय भरत गुरुङ र सोही स्थानका २० वर्षीय सहितविन मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।
बुटवलबाट पोखरातर्फ आउँदै गरेको बा३ख ४९७१ नंको माइक्रोबसमा सवार श्रीराम कार्कीको साथबाट नोफिन ७५ थान, डाइजेपाम ७५ थान, फेनारगन ७५ थान, नाइट्राजेपाम ४३ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिए ।उहाँका अनुसार, वालिङ–१३ गाहाखोलास्थित झाडीमा शङ्कास्पद अवस्थामा बसेका गुरुङ र मियाँको साथबाट प्रहरीले प्रयोग नभएको सिरिञ्ज पाँच थान, फेनारगन २३थान,डाइजेपाम २४ थान, नोफिन २२ थानसहित दुबैलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।