• २०८१ जेष्ठ ११ गते शुक्रवार

बार्सिलोनाको जितमा स्वारेज नायक

पढ्न लाग्ने समय : १ मिनेट

असोज १६, काठमाडौं । युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनिस क्लब बार्सिलोनाले जित निकालेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता उल्टाएर बार्सिलोनाले जित निकालेको हो । बार्सिलोनाको जितमा लुइस स्वारेज नायक बने । दुवै गोल स्वारेजले गरे ।

खेलको तेस्रो मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा स्वारेज चम्किए ।

५८ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । त्यसपछि खेलको ८४ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए ।

यो जित बार्सिलोनाको पहिलो जित हो । जितसँगै समूह ‘एफ’ को बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ । बार्सिलोना तालिकाको दोस्रो स्थानमा छ । पहिलो खेलमा बार्सिलोनाले बोरुसिया डर्टमण्डसँग गोलरहित बराबरी खेलेको थियो ।

१ अंक जोडेको इन्टर तेस्रो स्थानमा रहेको छ ।

यस समूहमा ४ अंक जोडेको डर्टमण्ड शीर्ष स्थानमा रहेको छ । १ अंक जोडेको स्लाभिया पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस