फागुन २५, काठमाडौं । अवैध रुपमा संकलन गरी लैजान लागेको १ सय दरको १५ हजार अमेरिकी डलर सहित ललितपुर महालक्ष्मी नगरपालिका-१७ ईमाडोल बस्ने काठमाडौं महानगरपालिका-१६ का ४२ वर्षीय तिमोथी नकर्मीलाई शुक्रवार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ एरियामा यात्रुहरुबाट संकलन गरी लैजान लागेको उक्त अमेरिकी डलर सहित तिमोथीलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस