• २०८० चैत्र १५ गते बिहिवार

पोखराको क्लब ९९ मा लागेको आगो नियन्त्रणमा

पढ्न लाग्ने समय : १ मिनेट

२५ फागुन, कास्की । पोखराको लेकसाइड हल्लनचोकस्थित क्लब ९९ मा लागेको आगो नियन्त्रणमा आएको छ ।

सोही क्लबको तल्लो तलामा रहेको बर्गर बेकरीमा ग्यास चुहिएर सिलिण्डर पड्कँदा आगलागी भएको प्रहरीले जनाएको छ ।स्थानीयवासीका अनुसार राति ९ बजे लागेको आगो झण्डै सवा घण्टापछि दमकल, नेपाल प्रहरी एवं स्थानीयवासीको प्रयासमा नियन्त्रणमा आएको हो ।आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस