• २०८२ बैशाख ७ गते आइतवार

बाजुरामा जनप्रतिनिधिहरु संग एक दिने अन्तरक्रिया तथा संवाद कार्यक्रम सम्पन्न , मुक्त हलियाले स्थानिय सरकारलाइ बुझायो ध्यानार्कषण पत्र

पढ्न लाग्ने समय : २ मिनेट
  • धर्म सुनार बाजुरा संवाददाता

भाद्र १७, बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा स्थानिय सरकार तथा सरकारी निकायाका प्रतिनिधिहरु संग एक दिने अन्तरक्रिया तथा संवाद कायार्यक्रम का साथ जिल्ला हलिाय मुक्ती समाज बाजुराले मंगलबार ध्यानार्कषण पत्र बुझाइएको छ ।

 

स्थानिय सरकार तथा सरकारी निकायका प्रतिनिधिहरु संग अन्र्तक्रिया तथा संवाद कार्यक्रमको आयोजना गरी उनीहरुले हलियाका विभिन्न सवालमा काम गर्न स्थानिय सरकारलाई ध्यानार्कषण गराएका हुन । नेपाल राष्टिय दलित समाज कल्याण संघ को आयोजनामा र एन्टी सेलेभरको साझेदारीमा जिल्ला हलिया मुक्ति समाज बाजुराको समुन्वमो कार्याक्रम गरिएका हो ।

ध्यानर्कषण पत्रमा मुक्त हलियाले भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र जिल्ला मालपोत कार्यालय बाजुराबाट यस गाउँपालिकालाई दिइएको अख्तियारी मुताविक पुर्नस्थापना हुन बाकी मुक्त हलियाहरुको पुर्नस्थापना कार्यक्रम तत्काल अघि बढाइनु पर्ने, यस गाउपालिकामा छुटेका मुक्त हलियाहरुको लगत संकलन र पुर्नस्थापना गर्न स्थानिय सरकार बाट प्रदेश र संघीय सरकार संग आवश्यक समन्वय गरि आवश्यक प्रक्रिया अघि बढानु पर्ने माग राखीएको छ ।


त्यस्तै स्वामिकार्तिक खापर गाउँपालिका क्षेत्र भित्रका मुक्त हलियाहरुलाइ प्राथमिकतामा राखि स्थानिय सरकारद्धारा जारी बजेट तथा कार्यक्रमबाट शिक्षा, स्वास्थ्य , रोजगार, दिगो जिविकोपार्जन, सामाजिक समाबेशिकरण जस्ता विषयहरु मुक्त हलियाका सवालहरु सम्बोधन गर्नुपर्ने, स्वामिकार्तिक खापर गाउपालिकामा बन्ने क्रममा रहेका नीती कानुन निर्देशिकाहरु हलिया मैत्री बनाउन पहल गरिनु पर्ने लगायतका माग राखेका हुन ।

जिल्ला हलिाय मुक्ती समाज बाजुराका अध्यक्ष लालविर सार्कि द्धारा हस्ताक्षरित सो ध्यानार्कषण पत्रमा मुक्त हलिया तथा दलित समुदाय माथि हुने जातिय विभेद तथा छुवाछुत अन्त्यका लागि गाउपालिका बाट सामाजिक सचेतीकरण अभियान संगै यस गाउपालिकालाई जातिय छुवाछुत मुक्त पालिका घोषणा गर्न पहल गरियो भनिएको छ । गाउ पालिकाका कार्यवहाक अध्यक्ष तथा वडा नं पाँचका अध्यक्ष विष्णु बहादुर शाही र निमित्त प्रमुख प्रशासकीय अधिकृत कुमेर बहादुर शाहीलाई सो ध्यानार्कषण पत्र जिल्ला हलिाय मुक्ती समाज बाजुराका अध्यक्ष लालविर सार्कीले हस्तान्तण गरेका थिए । अन्तरक्रया कार्यक्रमको सहजिकरण नेपाल राष्टिय दलित समाज कल्याण संघ का संयोजक रोशन खड्काले गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला हलिाय मुक्ती समाज बाजुराका अध्यक्ष लालविर सार्कि को अध्यक्ष्मा संचालन भएको कायाक्रममा प्रमुह अतिथि कार्यवहाक अध्यक्ष तथा वडा नं पाँचका अध्यक्ष विष्णु बहादुर शाही रहनु भइको थियो । कार्यक्रममा वडाध्यक्षहरु, जनप्रतिनिधिहरु हलिया लगायतको उपस्थिति रहेको थियो । गाउपालिकाको सभाहलमा संचालन भएको कार्यक्रमको सञ्चालन नेपाल राष्टिय दलित समाज कल्याण संघका सहजकर्ता सन्तोस विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस