• २०८१ जेष्ठ १४ गते सोमवार

पशुपति भण्डारखाल जंगलमा दुईजनाले झुण्डिएर गरे आत्महत्या

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १७, काठमाडौं । खोटाङका एक महिला र पुरुषले आज बिहान काठमाडौँ महानगरपालिका–८ गौशालास्थित पशुपति भण्डारखालको जङ्गलमा आत्महत्या गरेका छन् ।

खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई काठमाडौँको बाँसबारी बस्दै आएका ४० वर्षीय जय गिरी र खोटाङको टेम्मा गाउँ बस्ने ३३ वर्षीया उमिता दमाइँ आज बिहानसँगै रुखमा झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षक खेम राउतले जानकारी दिए ।

प्रातःभ्रमणमा निस्किएका स्थानीयवासीले दिएको सूचनाका आधारमा  घटनास्थल पुग्दा उनीहरु झुण्डिएको अवस्थामा मृत फेला परेको गौशाला प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक राउतले चिकित्सक बोलाएरै घटनास्थलको प्रकृति मुचुल्का उठाई दुवै शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको जानकारी दिए । उनीहरु दुवै जना खोटाङ कारागार बसेर निस्किएको बुझिएको छ ।

बाँसबारीमा परिवारसँगै बस्दै आएका गिरी मजदूरी गर्दथे । आज बिहान उनकी श्रीमती र छोरा प्रहरीको सम्पर्कमा आएका थिए । गिरी सोमबार बेलुका पशुपति घुम्न जान्छु भनेर निस्किएको श्रीमतीको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक राउतले बताए ।

खोटाङ बस्दै आएकी दमाइँ काठमाडौँ आएको कारण भने खुलेको छैन । उनी काठमाडौँमा दिदी–भिनाजुकहाँ बसेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस