• २०८२ बैशाख ४ गते बिहिवार

सुनको मूल्य बढ्यो, तोलामा ७२ हजार ५००

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १७, काठमाडौं । मंगलबार सुनको मूल्य रु ५०० ले बढेको छ ।

अघिल्लो दिन छापावाल सुन तोलामा ७२ हजारमा कारोबार भएकोमा मंगलबार रु ५०० ले बढेर तोलामा ७२ हजार ५०० मा कारोबार भएको हो । यसैगरी तेजावी  सुन ७२ हजार २०० मा काराेबार भएकाे छ ।

यस्तै चाँदी तोलामा रु ८९५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी रु ८८५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस