भदौ १७, काठमाडौं । पेट्रोलियम मजदुरहरुको घोषित संघर्षका कार्यक्रम अनुसार आज उपत्यकाका पेट्रोलपम्महरूमा बिरोध स्वरूप कालो झण्डा राखेको छ। पूर्व माओवादी निकट अखिल नेपाल पेट्रोलियम मजदुर संघले भाद्र ९ गते एक कार्यक्रम गरि संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो।
अखिल नेपाल पेट्रोलियम मजदुर संघ का केन्द्रीय अध्यक्ष शिव पोख्रेलले विज्ञप्तीमार्फत ११ सुत्रे माग राखेर आन्दोलनका घोषणा गरिएको जानकारी गराएका छन । पेट्रोलियम सप्लाई रोक्ने चेतावनी दिँर्दै पेट्रोलियम मजदुरद्धारा आन्दोलनको घोषणा गरेका अनुसार पेट्रोलपम्म समाजिक सुरक्षा कोषमा सुचिकृत हुनपर्ने, मजदुरलाई नियमित रोजगार सम्झौता गरेर मात्र काममा लगाउनु पर्नेलगायत माग राखिएको छ ।
हेर्नुहोस बिज्ञप्ती