• २०८२ जेष्ठ १ गते बुधवार

दाङमा सवारी दुर्घटना, २ जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १७, बुटवल । पूर्व पश्चिम राजमार्गअन्तर्गत लमही भालुवाङ सडक खण्डको पिपरीमा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी घोराही–१५ निवासी २६ वर्षीय बालकृष्ण भण्डारी र लमही–४ निवासी २७ वर्षीय विनायक चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

लु १९ प ५५०६ र रा ३ प २०६१ को मोटरसाइकल एक आपसमा ठोक्किएलगत्तै पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ६७७४ नम्बरको ट्रकले उनीहरुलाई ठक्कर दिएको थियो ।

घाइते दुबै जनालाई उपचारको लागि लमही अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याए लगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस