• २०८१ फाल्गुन ७ गते बुधवार

तीजको रमझममा श्रीमानले गरे श्रीमतीको हत्या

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १७, बुटवल । रुकुम पश्चिममा गएराति तीजको नाँचगान र रमझम चलिरहेका बेला एक व्यक्तिले धारिलो हतियार  प्रहारबाट श्रीमतीको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–३ गोगनपानीका  २७  बर्षीय नवीन खड्काले २७ बर्षीया श्रीमती कमला बुढाथोकी खड्काको हत्या गरेका हुन् ।

मदिरा सेवन गरेका खड्काले घरमा रहेको मासु काट्ने दाउ प्रहारबाट हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यापछि लुकेर बसेका खड्कालाई राति नै पक्राउपछि अनुसन्धान थालिएको रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए । खकमलाका ५ बर्षीय एक छोरा र ३ बर्षीया एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस