• २०८२ बैशाख ६ गते शनिवार

कर्णाली प्रदेशको सिडेनको कार्यसमिति घोषणा

पढ्न लाग्ने समय : १ मिनेट

साउन १८, सुर्खेत । सेन्टर फर डिमोक्रिटिक इन्जिनियर्स नेपाल सिडेन कर्णाली प्रदेशको कार्यसमिति घोषणा गरिएको छ । शनिबार एक अनौपचारिक कार्यक्रमका बिच पदाधिकारीहरुको घोषणा गरिएको हो ।

इन्जिनियर हरी केसीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमितिको घोषणा गरिएको छ । जसको उपाध्यक्षमा सरोज दाहाल, महांसचिवमा रुपबहादुर रावल , उप–महांसचिवमा किशोर बिसी, कोषध्यक्षमा बसन्त रावत रहेका छन् । सदस्यमा कमल पाण्डे, सुरेन्द्र शाही, भरत बिष्ट, प्रकाशबहादुर शाही, निरिमा थापा, छनसिंह केसी, किरण कुमार केसी, विभुषणकुमार खड्का, भरत बुढाथोकी र तेजप्रसाद शर्मा रहेका छन् । घोषणा सभामा नेपाली कांग्रेस सुर्खेतका पार्टी सभापति कमलराज रेग्मी, सचिव टोपबहादुर रावत, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका स्ववियु सभापति झक्कबहादुर शाही, निमित्त डीन सागर श्रेष्ठ लगायतका अतिथीहरुको सहभागितामा पदाधिकारी घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस