• २०८१ जेष्ठ ७ गते सोमवार

भक्तपुर नरेफाँटबाट लुटपाटमा संलग्न व्यक्ति पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

साउन १८, भक्तपुर । चाँगुनारायण नगरपालिका-२ दुवाकोट हनुमन्ते पुलमा २०७५ असोज २४ गते नगद २ लाख रुपैयाँ र मोबाइल लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं थानकोट बस्ने सिन्धुपाल्चोक घर भएका २९ वर्षीय पदम तिमिल्सिनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले मध्यपुर ठिमी नगरपालिका-१ मनोहरा नरेफाँटमा तिमिल्सिनालाई फेला पारी पक्राउ गरेको हो । उनको साथबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ एम्पुल, नोर्फिन ६ एम्पुल, फेनारगन ६ एम्पुल र मोबाइल ७ थान प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस