साउन १८,बाजुरा । बाजुराको वुढिन्नदा नगरपालिका कोल्टी बजारमा प्रहरीले विना लाइसेन्स विना अबैध मदिरा बरामत गरि नस्ट गरेको छ ।
बुढिनन्दा नगरपालिका वडा कोल्टीमा व्यवसायी गर्दै आएका सर्प वोगटिको पसलबाट सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी निरिक्षक जनक राज ढुङगानाको न्यतृत्वमा प्रहरी गास्ती टोली ले हिजो सर्प बोगटिको पसलमा खान तलासि गर्दा मदिरा फेला पारेको प्रहरी ले जनाएको छ । खान तलासी गर्दा पसल बाट वियर , बुलुडाइमण्ट, भर्जिन, आदी गरि २०० वटा सिसि बोतलहरु फेला पारेको इलाका कार्यालय कोल्टी ले जानकरी दिएको छ ।
सर्पा बोगटि २ वर्ष देखि अबैध मदिरा व्यपार गर्दै आएको आफैले स्वाकार गरेको प्रहरी निरिक्षेक जनक राज ढुङगानाले बताएका छन । मार्तडी मा रहेको नवबुद्ध मदिरा पसल को पाना नं. बाट कोल्टीमा मदिराको व्यपार गर्दै आएको , अहिले सम्म राज्यको कर छलेर व्यपार गरेको हिजो मात्र खान तलासि गर्दा अबैध मदिरा फेला परेको ढुङगानाले बताए ।
हिजो खान तलासि गर्दा मदिरा लाइ इलाका प्रहरी कार्यालय कोल्टीमा वडा नं १ का वडा अध्यक्ष भिम वहादुर कार्कि, उद्योगबाणिज्या संघ का अध्याक्ष कासिराम थापा, पत्रकार, राजनितिक दला, को रोहोभरमा नस्ट गिरिएको छ । त्यसै गरि प्रहरी निरिक्षेक जनक राज ढुङगानाको नेतृत्वामा सनिबार दिउसो कोल्टीमा छापा मार्दा ५८४ सिसि बोतल मदिरा बरामत गरि नष्ठ गरेको हो । विना लाइसेन्स मा मदिरा विक्री वितरण गर्दै आएका जुद्ध वहादुर सिँह, जुना देवि थापा भोटे धामि को पसल बाट मदिरा बरामत गरेको प्रहरीले जनाएको छ ।
मदिरा बरामत गरि जन प्रतिनिधि, राजनितिक दल पत्रकार बुढिनन्दा नगरपालिकाका कर्मचारीको रोहोबरमा नष्ठ गरिएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।