• २०८१ चैत्र ३ गते सोमवार

लागुऔषधसहित तीन जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

असार १८, काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा बाहुनडाँगी बस्ने २० वर्षीय यमन रानामगर, बिर्तामोड नगरपालिका–१ बस्ने २२ वर्षीय विशाल लिम्बु र २१ वर्षीय सुनिल देवान रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले झापाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ४१० नम्बरको बसलाई जाँचका क्रममा लागुऔषध फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस