• २०८१ चैत्र ३ गते सोमवार

काठमाडौँको बुढानिलकण्ठमा बसको ठक्करबाट बालिकाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

असार १८, काठमाडौं । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–४ पासिकोटस्थित बा २ क ९९७४ नम्बरको स्कुलबसको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परी पासिकोट बस्ने पाँचथर घर भएका दिनेश नेपालीका तीन वर्षीया छोरी सुजितीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि न्यूरो अस्पताल बाँसबारीतर्फ लैजाने क्रममा बाटो मै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस