• २०८० मङ्सिर १५ गते शुक्रवार

चार वर्षकी बालिकालाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

जेठ २०, रौतहट । रौतहटको बौधीमाई नगरपालिकाका चार वर्षकी बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बौधीमाई नगरपालिका ५ बंकुलका मनेजर राय यादव पक्राउ परेका छन ।

बंकुल बजारमा रहेको एक निजी विद्यालयमा अध्ययनरत बालिकालाई यादवले अनैतिक काम गरेको आरोपमा शिक्षक पक्राउ परेका हुन । बालिकाले अभिभावकलाई घटनाका बारेमा बताएपछि अभिभावकले प्रहरीमा उजुरी दिएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी नवीन कार्कीले बताए । पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धानका नियन्त्रणमा लिएर लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस