• २०८१ चैत्र २ गते आइतवार

गृहमा आकस्मिक बैठक

पढ्न लाग्ने समय : १ मिनेट

जेठ २०, काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले प्रहरी चौकी आक्रमण प्रयास गरेपछि गृह मन्त्रालयमा आकस्मिक बैठक डाकिएको छ।

प्रहरी चौकीमा आक्रमण प्रयास र सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा सारिएको विषयमा गृहमन्त्री रामबहादुर थापाले सुरक्षा प्रमुखहरूको आकस्मिक बैठक डाकेका हुन्।बैठकमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी प्रमुख तथा गृहका उच्च अधिकारीहरू छन्। गृहले यसलाई ‘नियमित बैठक’ भनेको छ। गृह स्रोतका अनुसार विप्लव माओवादीबाट त्यहाँ हुनसक्ने सम्भावित गतिविधि रोक्न रणनीति बनाउने उद्देश्यले बैठक डाकिएको हो।

प्रतिक्रिया दिनुहोस