- महेन्द्र सिंह
जेठ १९, बाकें । नेपालमा अशिक्षा र बेरोजगारी’बाट ग्रसित युवाको समस्या समाधान तथा राज्यको शासन ब्यवस्थामा परिर्वतन ल्याउने उद्देश्यका साथ बेरोजगार युवाहरुलाई रोजगारीको माग गर्दै नेपालगन्जमा जेठ २५ गते युवाको बृहत भेला हु हुने भएको हो ।
0’अशिक्षा र बेरोजगारी हटाउने अब हाम्रो जिम्मेवारी’ अभियानका अभियानकर्ता सुरजराज मल्लले नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै आगामी जेठ २५ गते हुने कार्यक्रमको बारेमा पत्रकारहरुलाई जानकारी गराए ।
नेपालगन्जमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ निवासी सुरजराज मल्लले भने ‘सुरज एक सोँच हो, बुझ्नलाई जेठ २५ गते रामलिला मैदान आउनुहोस् ।’
सामाजिक विसंगति, कुरती र राज्य व्यवस्थाका विरुद्ध जनआवाज बोकेर युवालाई सुचित पार्न गरिन लागेको सो भेलाको तयारी तथा कार्यक्रमको बारेमा जानकारी दिदै मल्लले भने– हामी परिर्वतन चाहान्छौं । देशमा परिर्वतन नभएको भने होइन तर ती परिर्वतनले आम नागरिक तथा युवालाई छुन सकेन । यस्ता थुप्रै ब्यवस्था र कुरीतीको पर्दाफास गर्दै नयाँ सोँचका साथ मैले यो अभियानलाई अगाडी बढाएको हुँ ।’जेठ २५ गते विहान १० बजे नेपालगन्जस्थित रामलिला मैदानमा गरिन लागेको बृहत युवाहरुको भेलाबाट नयाँ विचारको उदय गर्दै बैधानिक तवरले आम नागरिकलाई सुसुचित गर्न अभियान नै चलाएको मल्लले बताए । उनले भने कार्यक्रमलाई प्रभावकारि बनाउन यतिवेला मैले दुई सय जनाको टिमलाई परिचालित गरी जनताको घरदैलोमा पुगी उनीहरुलाई आफ्ना कार्यक्रम र उद्देश्यमाथि प्रकाश पारिरहेकोछु । उहाँहरुबाट सकारात्मक सुझाव पनि पाएकोछु । अब आगामी जेठ २५ गते नेपालगन्जमा हजारौं युवालाई एकिकृत गर्दै नयाँ युगको सुरुवात हुनेछ ।’ उनले भने ।
पत्रकारहरुसंग गरिएको कुराकानीमा बोल्दै मल्लले भने –‘म कुनै राजनितिक पार्टी, धर्म र जात वा कुनै सम्प्रदायसंग जोडिएको छैन । देशका हजारौं लाखौं अशिक्षित र वेरोजगार युवाको आवाज बनेर उभिएकोछु ।’ उनले समाजका थुप्रै समस्यासंग लड्दै, जुद्ध्दै आउँदा अन्तमा अशिक्षा र बेरोजगारी नै देशका युवाहरुको मुख्य समस्या भएको निक्र्यौल गर्दै यो अभियान गर्न अग्रसर भएको बताए ।
आगामी जेठ २५ गतेको कार्यक्रमका बारेमा धेरै कुरा नबताए पनि उनले नेपालगन्जको रामलिला मैदानमा विहान १० बजे बाँके जिल्ला सहित आसपासका हजारौं युवाहरुको भेला गरिन लागेको बताए । सो भेलामा आफूले लिएको उद्देश्य र कार्यक्रमको बारेमा उजागार गर्ने बताउँदै मल्लले भने– म संविधान र कानूनको दायारमा रहेर एकपटक बोल्नेछु । मेरा कुरालाई उपस्थित युवाले आत्मासाथ गर्लान वा के गर्लान त्यो थाहा भएन तर म बोल्छु । जे भएपनि नयाँ युगको शुरुवात हुनेछ । बुझ्नेलाई ईशारा काफी छ । सो कार्यक्रममा उपस्थितीका लागि समेत म सवैलाई आग्रह गर्छु ।’
मल्लले जेठ २५ गते गर्ने कार्यक्रमलाई मेगा टेलिभिजनबाट लाईभ प्रर्दशन गर्ने र त्यसको सवै तयारी पुरा समेत भएको जनाए । उनले गर्न लागेको गतिविधिका बारेमा धेरै कुरा पत्रकारलाई जानकारी नदिएपनि सरप्राइजको रुपमा राखेको समेत उनले जनाए । उनले गर्न लागेको कार्यक्रमका लागि बाँके जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतमा आधिकारिक जानकारी गराईसकेको समेत प्रष्ट पारे ।
पत्रकार सम्मेलनमा जिल्लाका एक सय बढि युवाहरुको सहभागिता रहेको थियो । पत्रकार तथा युवालाई समेत आफ्ना गतिविधिका बारेमा जानकारी दिन उनले पत्रकार सम्मेलन गरेको समेत बताएका छन् ।
को हुन् सुरजराज मल्ल?
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ निवासी युवा अभियानकर्ता सुरजराज मल्ल राप्ती सोनारी गाँउपालिका वडा नम्बर ६ लक्ष्मीरामपुरका स्थायी बासिन्दा हुन् । उनी हालसम्म कुनैपनि राजनितिक पार्टीमा आबद्ध भएका छैनन् । समाजको विसंगति, विकृति र राज्यसंयन्त्रको गलत अभ्यासका विरुद्ध अभियान चलाउदै आएका मल्ल सकारात्म सोँचबाट समाज र देश परिर्वतन गर्न सकिन्छ भन्दै अभियानमा अघि बढेकाछन् ।
उनले एक्लै देश परिर्वतन गर्न भन्दै शहरदेखि गाँउसम्म अभियान समेत चलाईरहेकाछन् । जिल्लाको अतिबिकट राप्तीपारीका प्रत्येक घरमा पुगेर समाज बदल्न के गर्नुपर्छ युवा शक्ति के कसरी खर्चिनुपर्छ भन्दै सर्बसाधरणको कुरा सुन्छन्, बुझ्छन । जनताको पीरमर्का र युवाको समस्यालाई समाधान गर्न अग्रसर युवा अभियानकर्ता मल्लले यो अभियान चारवर्षदेखि चलाउदै आएका हुन् ।
कुनैपनि समुह, संस्थासंग आबद्ध नभएका मल्लले स्वस्फुर्त आफ्नो लगानीमा यी अभियान गर्दै आएका हुन् । उनले गाँउमा चलाएको अभियानलाई मुर्तरुप दिन यहि जेठ २५ गते नेपालगन्जको रामलिला मैदानमा बृहत कार्यक्रम गर्दैछन् । देश बदल्न नयाँ पुस्ताले सकारात्मक सोँच राख्नुपर्नेदेखि अरुलाई गाली गरेर नभई आफै परिर्वतन भएर नमुना बन्नपुर्ने उनको सोँच छ ।
मल्ल कुनै दलप्रति आस्थावान छैनन् र दलप्रति आक्रोस पनि ब्यक्त गर्दैनन् । संविधान, नियम र कानूनको परिधिभित्र रहेर देश परिर्वतन गर्ने कुरालाई जोड दिन्छन् । तर, त्यो कसरी भन्दा जेठ २५ नै कुर्नुपर्ने बताउँछन् ।