• २०८२ जेष्ठ ७ गते मङ्गलवार

फ्रान्सले बोलिभियालाई हरायो

पढ्न लाग्ने समय : १ मिनेट

जेठ २०, एजेन्सी । मैत्रीपुर्ण फुटबल खेलमा फ्रान्सले बोलिभियालाई पराजित गरेको छ । आईतबार राति भएको खेलमा फ्रान्सले बोलिभियालाई २–० गोल अन्तरले हराएको हो ।

युरो २०२० को छनोट अघि फ्रान्सले मैत्रीपुर्ण खेलमा सहभागीता जनाएको हो । फ्रान्स युरो छनोट अन्तर्गत टर्कीको भ्रमणमा निस्कदैछ । एन्टोनी ग्रिजम्यानले एक गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गरेपछि फ्रान्सले सहज जित निकालेको हो । थोमश लिमार र ग्रिजम्यानले पहिलो हाफमै दुई गोल गर्दै फ्रान्सको अवस्था सहज बनाए ।

प्रतिक्रिया दिनुहोस