• २०८१ बैशाख ७ गते शुक्रवार

राजेन्द्र महतो : रेशम चौधरी जन्मकैदको फैसलाविरुद्ध विद्रोह गर्छौं ।

पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीका सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसलाले विद्रोह निम्त्याउने बताएका छन् ।

रेशम चौधरी आन्दोलनकारी हो भन्दै उनले आन्दोलनकारीलाई जेल जन्मकैद हुने भए प्रचण्ड, केपी ओली र गिरिजाप्रसाद कोइरालालाई जन्मकैद किन नभएको भनी प्रश्न गर्दै राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अदालतले अन्याय गरेको भन्दै अब राष्ट्रिय विद्रोह हुने चेतावनी दिए । ‘अब राष्ट्रिय विद्रोह हुन्छ, थारु, जनजाति मधेसी सबै मिलेर विद्रोह गर्छन्’ उनले भने ।

जिल्ला अदालत कैलालीले बुधबार टीकापुर हत्याको घटनाका आरोपित सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय दिने फैसला गरेको छ ।।

‘रेशम चौधरी आन्दोलनकारी हो, आन्दोलनकारीलाई जन्मकैद हुने हो भने प्रचण्डलाई जन्मकैद किन भएन रु केपी ओलीलाई जन्मकैद किन भएन गिरिजाप्रसादलाई किन भएन’ उनले प्रश्न गरे ‘रिहा हुन कुनै खास जाति चाहिन्छ रु आजिवन जन्मकैदका लागि कुनै खास जतिको हुनुपर्ने ?’ उनले भने ।

प्रतिक्रिया दिनुहोस