• २०८० असोज १७ गते बुधवार

कपिलवस्तुमा कार दुर्घटना हुँदा १ जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २०, बुटवल । कपिलवस्तुको शिवराज नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैला खेलामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बा १४ च ८४४५ नम्बरको कार दाङको घोराहीबाट कपिलवस्तुको चन्द्रौटा जाँदै गरेको थियो । सडकबाट ६० मिटर तल खस्दा एक जनाको मृत्यु भएको हो भने अर्का एक जना घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ४० वर्षीय तीर्थ आचार्य को मृत्यु भएको हो भने कारमा सवार लमही–८ सतबरीया निवासी २७ वर्षीय अनिलकुमार चौधरीको बुटवलमा उपचार भैराखेको छ ।

प्रतिक्रिया दिनुहोस