• २०८० असोज ५ गते शुक्रवार

बिहान क्याम्पस हिडेकी युवतीकाे फेवातालमा तैरिएकाे अबस्थामा शव फेला

पढ्न लाग्ने समय : १ मिनेट

फागुन १९, पोखरा । पोखराको फेवातालमा एक युवतीको शव भेटिएको छ । पोखरा ६ स्थित गौरीघाट फेवातालमा तैरिएर रहेको अबस्थामा एक युवतीको शव भेटिएको कास्की प्रहरीले जनाएको छ ।

                                                           फाइल फाेटाे

कास्कीको अन्नपुर्ण गाँउपालिका २ स्थित ढिकुरपोखरीकी १९ बर्षीया दिव्या अधिकारीको फेवातालमा घोप्टो परेको अबस्थामा प्रहरीले उनको शव भेटेको हो । नर्सिङ कलेजमा अध्ययनरत अधिकारी आज विहानै क्याम्पस जानको लागि घरबाट हिडेको बताइएको छ ।

फेवाताल किनारा देखि करिब ५ मिटर नजिक तालमै तैरिएको अबस्थामा उनको शव भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख एवं (डि.एस.पी.) कोमल शाहले बताए ।

उनको शव हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमको शव गृहमा पोष्माटमको लागि राखिएको प्रहरी हवल्दार सुजन घिमिरेले बताए । गौरीघाटमा एउटा स्कुटर समेत भेटिएको र अधिकारीको साथमा रहेको चावी उक्त स्कुटरकै भएको बताइएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख एस.पी.ओम बहादुर रानाले बताए ।

प्रतिक्रिया दिनुहोस