फागुन १९, पोखरा । फेवातालमा खसेका प्याराग्लाइडरको उपचारका क्रममा मृत्यु भएको छ ।
सारङकोटबाट उडेका रोमानीयाका नागरिक ४२ वर्षीया एड सिजरको फेवा सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्याराग्लाईडिङ फेवातालमा खसेको जानकारी पाएलगत्तै घटनास्थल पुगेको उद्धार टोलीले उनलाई अस्पताल पुर्याइएको थियो ।
प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर सीधै तालमा खसेको प्रहरीको भनाइ छ ।