फागुन १९, काठमाडौ । बालाजु बाइपासमा भ्यान दुर्घटनामा २ जनाको घाइते भएका छन । आइतबार बिहान हिमाल बेकरीको बेकरी सामान बोकेर गएको भ्यान आफैं अनियन्त्रित भई बालाज् बाइपास देखि २०० मिटर माथि नार्गजुन बनमा दुर्घटना भएको हो । बा ८ प ७२०६ नम्बरको भ्यान सडक देखि ५० मिटर तल खसेको हो ।
गाडीमा सवार गोलढुगां निवासी वर्ष ३४ को केशवराज पाण्डे र सोहि स्थान निवासी वर्ष ४५ का नरहरी श्रेष्ठ दुबैजना घाइते भएकाले उपचारका लागि छाउनी अस्पताल लगिएको छ ।