• २०८१ माघ ८ गते मङ्गलवार

अन्तरास्ट्रिय रोल्पाली सेवा समाजको क्षेत्रीय बैठक साउदी अरबको जुबैल अन्नपूर्ण होटेलमा सम्पन

पढ्न लाग्ने समय : २ मिनेट

फागुन १९ काठमाडौं ।अन्तरास्ट्रिय रोल्पाली सेवासमाजको क्षेत्रीय समिती जुबैलको मासिक सातौ बैठक साउदी अरबको जुबैल अन्नपूर्ण होटेलमा शुक्रबार सम्पन भएको छ ।

बैठक कमल पुन मगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम संचालक धुर्ब सारुमगर ले गर्नु भएको थियो ।उपाध्यक्ष जय बहादुर घर्ती को पनि उपस्थिति थियो त्येसै गरि रोल्पाली सर्जक तथा लोक दोहोरी गाएक रोल्पाली अन्तरास्ट्रिय सेवासमाज क्षेत्रीय समिती जुबैलका सहलाकार दिपक रोल्पाली लगाएत सबै पद अधिकारिज्यु हरुको उपस्थिति थियो ।

रोल्पामा हुन गहिरहेको अन्तरास्ट्रिय रोल्पाली सेवासमाजको माहाधिबेसन को बारेमा छलफल भएको थियो । रोल्पाली अन्तर्राष्ट्रिय सेवासमाज क्षेत्रीय समिती जुबैलका सदस्यहरुलाई टिसर्ट बितरण गरिनु को साथै परिचयपत्र बितरण पनि गरिएको थियो भने अन्य जिल्लाका मित्रहरुको उतिकै उपस्थिति रहेको देखिन्थ्यो ।

बैठकमा गंगादेब गाउपालिका ३ कि क्यान्सर पिडित बैनी प्रतीक्षा बि.क माडिगाउपालिका वाड न १ कि रेशमा बुढामगर जो पिदिखोला झोलुंगे पुलबाट खसेकी थिइन ।

दुबै रोल्पाली चेलिहरुको उपचारको क्रममा धेरै आर्थिक खर्च भएको र थप उपचार गर्नु पर्नेभएकोले आर्थिक अबस्था धेरै नाजुक भएकोले अन्तरास्ट्रिय रोल्पाली सेवासमाज क्षेत्रीय समिती जुबैलका सबै नेपालिहरु दाजुभाइ दिदिबहिनी हरुमा सहायोगि दाताहरुमा आफुले सक्दो सयोग गरिदिनुहुन अपिल गरिएको छ।

कार्यक्रमको अन्तिममा गाएक दिपक रोल्पाली ले आफ्नो नयाँ गित गाएर सबै रोल्पाली लगायत त्यहा उपस्थि भएका सबै नेपालिहरु लाई मजाले नचाउनु भएकोथियो ।

प्रतिक्रिया दिनुहोस