फागुन १९ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति निधन भएको छ । उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले बिहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने भएको छ ।
मनमोहन स्मृति प्रतिष्ठान र मनमोहन पोलिटेक्निकका अध्यक्षसमेत रहेका अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति उपचारकै क्रममा काठमाडौंको ह्याम्स अस्प्तालमा निधन भएको हो ।