मुगा मङ्गल ग्रहको रत्न हो अर्थात् यसका स्वामी मङ्गल हुन्। यो मोती जस्तो खानीबाट निकालिने होइन। यसलाई समुद्रमा पाउन सकिन्छ। मुगालाई पनि विभिन्न नाम दिइएको छ। संस्कृतमा यसलाई प्रवाल, विद्रुम, लतामणि, कङ्गारक मणि, अम्मोधि पल्लव, भौम रत्नक, रक्ताव आदि भनिन्छ। नेपाली र पञ्जाबीमा यसलाई मुगा, उर्दू र फारसीमा मरजां तथा अङ्ग्रेजीमा कोरल नाम दिइएको छ।
प्राचीन ज्योतिषशास्त्रअनुसार मुगा एक प्रकारको वनस्पति पदार्थ हो। यसलाई हेर्दा लहराको हाँगा जस्तो लाग्छ। त्यसकारण यसको नाम लतामणि राखियो। तर आधुनिक रत्न वैज्ञानिक खोजअनुसार मुगा आइसिस नोबिलिस नामक सामुद्रिक जन्तुको उपज हो। यो जन्तुले मुगाको यस्तो रूप बनाउँछ जसमा न त हाँगा हुन्छ, न त पात नै। यसको लागि समुद्रमा ६-७ सय फिट गहिरो चट्टानको तल्लो तहमा आफ्नो रातो पदार्थको उपयोग गर्छ। यस्तो वृक्षले यसलाई राख्ने काम गर्छ।
मुगाको विकल्प
मुगाको बदलामा रातो तामडा, रातो ज्यास्पर, कहरुवा (अम्बर) अथवा विद्रुम मणिलाई धारण गर्न सकिन्छ। यी रत्न मुगाभन्दा मूल्यमा धेरै कम भए पनि मुगाको जस्तै फाइदा लिन सकिन्छ।
डा. उत्तम उपाध्याय न्यौपानेको वालबाट साभार