मंसिर १६, दाङ । दाङको निर्वाचन क्षेत्र नम्बर ३ को ख मा प्रदेश सभा सदस्यमा नेकपाका उमेदवार बिमला वली बिजयी हुनुभएको छ । उहाँ निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका केशवराज आचार्यलाई ५१०४ मतले पछि पार्दै वली बिजयी हुनुभएको हो ।
उहाँले मत २४ हजार २८६ प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका उमेदवार आचार्यले १९ हजार १८२मत प्राप्त गर्नुभएको छ ।
प्रदेशसभा सदस्यकाका लागि दाङ क्षेत्र नं। ३९२० मा ६८ हजार ७१९ मतदाता मध्ये ४५ हजार ३ सय १ ले मतदान खसेको थियोे । प्रदेश सभा सदस्यका लागि भएको उपनिर्वाचनमा ७९७ मत बदर भएको छ ।।