• २०८२ जेष्ठ ४ गते शनिवार

डोटीमा बस दुर्घटना हुदा १ जनाको मृत्यू ३५ घाइते (घाईतेहरुको नाम सहित)

पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक १६, बाजुरा । महेन्द्रनगरबाट बाजुरा आउदै गरेको रात्रीसेवाको बस शनिवार विहान दुर्घटनामा परेको छ । महेन्द्रनगरबाट शुक्रबार दिउसो बाजुराको लागी छुटेको ना७ ख  ६१८१ नम्वरको बस डोटीको शिखर नगरपालिका वडा नम्वर १ भागेश्वर मन्दिर नजिकै गौरीपानीमा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ३५ जनाघाइते भएका छन ।

मृत्यू हुनेमा बाजुराको बाह्रबिस–६ का ५१ वर्षीय नयाँ सेराला रहेको दिपायल स्थित शैलेश्वरी अस्पतालले जनाएको छ । उनको उपचारको क्रममा अस्पतालमै मृत्यू भएको जनाइएको छ । त्यसै गरि ३५ जना घाइते मध्ये ११ जनाको अवस्था गम्भिर रहेको र २४  जनाको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

घाईते हुनेमा महोत्तरीको वर्दिवासका २८ वर्षीय महेश कोईराला, दाङका ४५ वर्षीय राजकुमार केसी, डोटीको सलेनाका ३० वर्षीय रेश्मालुहार, डोटी बोगटानका २८ वर्षीय दुर्गा्सिंह विडारी, जोरायलका २८ वर्षीय कृष्ण बोहोरा, डोटीको सलेनाका २७ वर्षीय रामबहादुर विक, सलेना कै २२ वर्षीया कल्पना विक, बोगटानकी बाटु नेपाली, डोटीकै ३७ वर्षीया मैनातिरुवा, कैलालीको अत्तरियाका ३१ वर्षीय छत्रबोहोरा, सडकपुर बौनियाका २० वर्षीय सज्जनचौधरी, मसुरियाका २० वर्षीय टेकबहादुर विक, मसुरियाकै राजनबोहोरा, २३ वर्षीया पार्वतीचौधरी,  घाईते रहेकाछन्।

यस्तै अछामका ३६ वर्षीय भीमबुढा, अछामकै ३१ वर्षीय यज्ञ स्वार, आकाशकुँवर, २७वर्षीया ईश्वरी सिंह, बाजुराकी ३३ वर्षीया गंगादेवीथापा, बाजुराकै २४ वर्षीया धानादेवीविक, २६ वर्षीया कल्पनाकुँवर, दार्चुलाका १९ वर्षीय सागर पार्की, २१ वर्षीय कृष्णबहादुर बम, प्रेमबहादुर कुँवर, कञ्चनपुरका २८ वर्षीय अलेक्स लिम्बु, बर्दियाका २३ वर्षीय उज्जवल देवकोटा, २३ वर्षीय दिलबहादुर सिंह, खोटाङका त्रिविक्रम भट्टराई पनि दुर्घटना परी घाईते भएको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा परी घाईते भएका २८ वर्षीय लालटमटा, ३८ वर्षीय मदनबहादुर जेठारा, ५८ वर्षीय चित्रबहादुर न्यौपाने, सावित्रीखड्का, २८ वर्षीय लालबहादुर साउदको रहेकाछन् । घाईतेहरुको डोटीको सुजङ अस्पताल, शैलेश्वरी अस्पताल, जिल्ला अस्पताल र प्रहरी अस्पतालमा उपचार भईरहेकोे जिल्ला प्रहरी कार्यालय डोटी ले बताएको छ ।

स्थानीय गोरखनाथ वोगटीकाअनुसार बस सडकबाट २० देखि २५ मिटर तल खसेको छ। घाईते मध्ये चारजनाको अवस्थागम्भीर रहेकाले अन्यत्र रेफर गर्ने तयारी भईरहेको प्रहरीले जनाएको छ । घाईतेहरुलाई सुजंग र शैलेश्वर अस्पतालमा पुगाईएको जिल्लाप्रहरी कार्यालय डोटीकाप्रहरी उपरिक्षक दिलिपसिंह देउवाले बताए।

प्रतिक्रिया दिनुहोस