• २०८१ चैत्र २ गते आइतवार

टिका सानु र मानसिंङको दशैँ तिहार गित दाजु बहिनी १ सार्वजनिक

पढ्न लाग्ने समय : २ मिनेट

असोज १५,काठमाडौं । चर्चित लोकदोहोरी गायिका टिका सानु र लोकदोहोरी गायक मानसिंङ खड्काको दशैँ तिहार गीत दाजु बहिनी – १ मङ्गलबारबाट बजारमा आएको छ ।

राम प्रशाद सापकोटाको प्रस्तुती रहेको गीत दाजु बहिनी – १ गितमा चर्चित लोकदोहोरी गायक मानसिङ खड्का,गायिका टिका सानु , धनमाया नेपाली, र हुमा बि.क को स्वर रहेको छ भने सब्द टिका सानुकै रहेको छ ।

मानसिङ खड्काको लय रहेको उक्त गीतमा तिलक वलीले एरेन्ज गरेका छन । संकरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा  मानसिंङ खाड्का कै निर्देशन रहेको छ भने सम्पादन राजकुमार मगरले गरेका छन् ।
एक गरिब परिवारको कथालाइ समेटर  दाजु बहिनी – १ गित  तयार  भएको छ ।  एक गरिव नेपाली पैसा कामाउने सपना बोकेर  खाडीमुलक पुगेको गीतमा देखाइएको छ । गीतमा भनिएको छ चर्किएको घरको सम्झना र साहुको रिन तिर्ने सपना बोकेर र दिन रात प्रदेशी भुमिमा प्ररिश्रम गरिरहेको छ ।
नेपालीहरुको महान चाड र गरिबकोको पिडा समेटेर गित तयार भएको छ । चुहिने घरको छानो र साहुको रिन तिर्ने सपना अपुरै रहेको गीतमा देखाइएको छ । पैसा कमाउने सपना बोकेर बिदेशिएको  शरिर लाशमा परिनत भै आउदाको पिडा भिडियोमा देखाइएको छ ।
टिका सानु,मानसिङ खड्का,धनमाया नेपाली,हुमा बि.क,सम्प्रीया खड्का लगायतको अभिनय रहेको गीतलाई सागर गौतमले छायाङ्कन् गरेका छन् ।
दाजु बहिनी १ गीत टिका सानुको युटुव च्यानलबाट सार्वजनिक भएको हो भने मोहन लामाको शृगार रहेको गीतको दृश्य निर्माण राजकुमार फिल्स प्रा.ली गरेको हो ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस