• २०८१ बैशाख ६ गते बिहिवार

मौसम अझै केही दिन बदली हुने

पढ्न लाग्ने समय : १ मिनेट

असोज १५, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिमी भूभागमा सामान्य बदली हुनुका साथै पूर्वी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । पश्चिमी भूभागका थोरै स्थानमा वर्षा भइरहेको समेत पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

आगामी शुक्रबार सम्म नै मौसममा आंशिकदेखि सामान्य बदली हुने समेत मौसम पूर्वानुमान महाशाखाको आकलन रहेको छ । आगामी २४ घण्टामा देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै पश्चिमी तथा पूर्वी पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङको सम्भावना रहेको  हुनाले सामान्य सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।

सामान्य अवस्थामा सेप्टेम्बर २३ देखि नै मनसुन सकिने भए पनि यसपालि पछाडि सरेको छ ।

प्रतिक्रिया दिनुहोस