• २०८१ जेष्ठ ५ गते शनिवार

भवन अपांगमैत्री नभएको भन्दै कांग्रेसले भवनमा तालाबन्दी

पढ्न लाग्ने समय : १ मिनेट

असोज १५ बुटवल । रूपन्देहीको पश्चिम सैनामैनामा नवनिर्मित वडा कार्यालय भवनमा उद्घाटनकै बेला नेपाली कांग्रेसले तालाबन्दी गरेको छ।नेपाली कांग्रेस सैनामैना–७ का सभापति नारायण खनालले वडा भवन अपांगमैत्री नभएको र उद्घाटनमा नेकपाका नेतालाई मात्रै प्राथमिकता दिइएकाले ताला लगाएको बताए ।

‘ खनालले भने, ‘अब विरोधका थप कार्यक्रम पनि गर्छौं ।’कांग्रेसले भेदभाव गरेको आरोप लगाइरहँदा वडा नं। ७ का वडाध्यक्ष डिलाराम बेल्वासले भने त्यसो नगरिएको प्रतिक्रिया दिए ।पञ्चेबाजासहित आयोजना गरिएको एक समारोहकाबीच राष्ट्रियसभाका सदस्य तथा नेकपा नेता खिमलाल भट्टराईले भवन उद्घाटन गरेका थिए । भवन १ करोड ६ लाख ४५ हजार लागतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस