• २०८२ बैशाख ६ गते शनिवार

ललितपुरमा बस दुर्घटना,१ जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

असोज १५ ललितपुर ।लगनखेलबाट लेले चल्ने बा ४ ख ८६५० नम्बरको बस ललितपुरको सुनाकोठीमा दुर्घटना भएको छ ।बस दुर्घटना हुँदा बाटो काट्ने क्रममा रहेका ७० वर्षिय रुकु कार्कीको घटनास्थलमै मृत्यू भएको छ ।

घटनास्थलमा महानगरिय प्रहरी वृत्त चापागाउँका डिएसपी रामकृष्ण सापकोटाको टोली पुगिसकेको र घटनास्थलको मुचुल्का तयार पार्ने काम भैरहेको छ ।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक कार्कीलाई बसका चालकले व्याक गरेर मारेको प्रहरीको भनाई छ ।स्थानीयले मृतकको लाशलाई उठाउन दिएका छैनन् । बसका चालक र सहचालक अहिले फरार रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस