असोज १५, जनकपुर । आज विहान प्रहरी भ्यानले एक बाइकलाई ठक्कर दिँदा जनकपुरमा बाइकमा सवार एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा युवक (धनुषाको धनौजी) घर भई हाल जनकपुर ४ मा डेरा गरी बश्ने अन्दाजी वर्ष १८ का मनीष मण्डल रहेको जनकपुर अञ्चल अस्पताले जनाएको छ ।
बाइकमा सवार अर्का युवा जनकपुर ४ का वर्ष १६ का नजीरुल अंसारीको उपचार अहिले अञ्चल अस्पतालमा हुंदै छ । अनटेस्ट २२० पल्सर बाइक र धनुषा प्रहरीको ना १ ग ४७९ नम्बरको प्रहरी भ्यान एक आपसमा ठोकिएको थीयो ।
धनुषा प्रहरीका प्रवक्ता रामेस्वर कार्कीले प्रहरीको ठुलो भ्यान सर सफाई गरी फर्कि रहेको बेला अत्यधिक गतिमा आएको बाइक गाडीमा ठोकिएर दुर्घटना भएको बताएका छन् ।
दुर्घटना पश्चात तत्काल जनकपुर अञ्चल अस्पताल उपचारको लागि ल्याइएको मनिषलाई डाक्टर असलम साहले मृत घोषणा गरेका थिए ।