• २०८२ जेष्ठ ७ गते मङ्गलवार

दशैँ तिहार लक्षित विशेष सुरक्षा योजना तयार

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन १५ कैलाली, । चाडपर्वका बेला विभिन्न वाहानामा हुने लुटपाट, चोरी डकैतीलगायतका घटना हुन नदिन सुदूरपश्चिम प्रदेश प्रहरीले चाडपर्वका बेला हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी विशेष सुरक्षा योजना बनाएको छ ।प्रदेशभरी नै विशेष खालको सुरक्षा योजना बनाइएको छ ।

प्रदेश प्रहरी कार्यालय दिपायलले ९ वटै जिल्लामा दशैँ तिहार लक्षित विशेष सुरक्षा योजना लागू गरिएको जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी तारणीप्रसाद लम्सालले दशैँ तिहार र छठ पर्वमा सर्वसाधरणले सास्ती नपाउँन भनेर विशेष सुरक्षा योजना बनाइएको बताउनुभयो ।

प्रहरीले सीमा र बसपार्क क्षेत्रमा मात्र नभएर अन्य ठाउँमा पनि अनेक वाहानामा सर्वसाधारणले पाउन सक्ने सास्तीलाई मध्यनजर गर्दै यही अनुसारको रणनीति अपनाइएको दाबी गरेको छ ।डीआइजी लम्सालले सम्भावित घटना भइहाले तत्काल प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो ।उहाँले सादा पोशाकमा समेत ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस