• २०८० चैत्र १६ गते शुक्रवार

दशैंका लागि १० लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिए

पढ्न लाग्ने समय : १ मिनेट

असोज १५,काठमाडौं ।दशैंका लागि अग्रिम टिकट बुकिङ खुला भएयता झण्डै १० लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंगलबारसम्म ९ लाख ९२ हजार ८ सय ६७ यात्रु बाहिरिएका छन्।

६ लाख ९१ हजार ६ सय ४६ यात्रु भित्रिएका छन् । जसमा १ लाख १९ हजार ४ सय ६७ सवारी साधन यात्रु बोकेर बाहिरिएको महाशाखाले जनाएको छ । त्यस्तै यात्रसँग बढी भाडा लिने २०८ जनालाई कारबाही गरिएको छ।

उपत्यकाका १४ स्थानमा यात्रुलाई सहजता प्रदान गर्न नागरिक सहायता कक्ष राखिएको छ । जहाँ सबैभन्दा बढी गुनासा टिकट नपाएको आएको छ।

नयाँ बसपार्कबाट बाहिरिने गाडीको अनिवार्य रूपमा यान्त्रिक परीक्षण गर्ने गरिएको छ । यात्रु लिएर हिँडेका गाडीलाई एक- दुई किमिभित्रमा मादक पदार्थ सेवन गरेको छ-छैन भनेर चेकजाँच गर्ने गरिएको छ ।

गाडीमा अनिवार्य रूपमा भाडादर टॉस्न लगाइएको ट्राफिक प्रहरीको दाबी छ।

दशैंमा घर जाने यात्रको दैनिक टिकट काउन्टरमा भीड लाग्ने गरेको छ । असोज ५ गतेबाट टिकट बुकिङ खुला भएको हो ।

प्रतिक्रिया दिनुहोस