• २०८२ बैशाख १६ गते मङ्गलवार

बाँके प्रहरीले पक्राउ गर्यो ८ बर्ष देखि फरार अभियुक्त, पक्राउ गर्न चलायो गोली

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा/महेन्द्र सिंह

भदौ १६, बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरीले एक जनालाई गोली प्रहार गरेको छ। चोरी तथा डकैती मुद्धामा ६ वर्ष कैद सजाए सुनाईएका फरार ब्यक्तिलाई कोहलपुर प्रहरीले गोली प्रहार गरेको छ। ८ वर्षअघि चोरी तथा डकैती अपराधमा ६ वर्ष कैद सजाय भए लगत्तै फरार भएका बाँके बैजनाथ गाँउपालिका वडा नं ४ का नरेन्द्र न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।

सोमबार नेपालगन्जस्थित राँझा विमानस्थल नजिकै भेटिएका न्यौपाने नियन्त्रण गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले फायर खोलेको खुल्न आएको छ । प्रहरीले न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा देब्रे खुट्टामा गोली प्रहार गरेको थियो ।गोली लागी घाईते भएका न्यौपानेलाई तत्काल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको र उनको अहिले उपचार भईरहेको कोहलपुर प्रहरीले जनाएको छ । न्यौपानेलाई २०६८ सालमा चोरी तथा डकैटी मुद्धामा जिल्ला अदालत बर्दियाले ६ वर्ष कैदको सजाय सुनाएको बाँके प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस