• २०८१ माघ ८ गते मङ्गलवार

किताबखानाका शाखा अधिकृत घुस रकम सहित रंगेहात पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

भदौ १६, काठमाडौं । बिद्यालय शिक्षक किताबखाना, ताहाचल, काठमाडौंमा कार्यरत शाखा अधिकृत अर्जुन प्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार के.सी. घुस रकम सहित नियन्त्रणमा लिएको छ।

बिद्यालय शिक्षक किताबखाना, ताहाचल, काठमाडौंमा कार्यरत शाखा अधिकृत अर्जुन प्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार के।सी।ले अस्थायी शिक्षकबाट राजिनामा दिए पश्चात गोल्डेन हेण्डसेक बापतको रकम कलमको रेकर्ड मिलान गरी दिनका लागि सेवाग्राहीसँग रू.१५,००० घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टङ्गालबाट खटिई गएको टोलीले उनिहरुलाई सेवाग्राहीबाट घुस वापतको रकम रू.१५,००० लिइसकेको अवस्थामा राजेन्द्र कुमार के.सी.को कार्यकक्षबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस