• २०८२ बैशाख १६ गते मङ्गलवार

झण्डी डाडालाई गुरासे डाडा बनाउने प्रयास

पढ्न लाग्ने समय : २ मिनेट
  • गोबिन्द पौडेल, खबर24नेपाल समाचारदाता

भदौ १६, इलाम । रोङ छ मा रहेर प्रसस्त संभावना बाकेको झण्डी डाडालाई गुरासे डाडामा रुपान्तरण गरिने अभियान थालिएको छ । समुन्द सतहबाट करिव १२ सय मिटरको उच्चाइमा रहेको यस डाडामा रोङ गाउपालिका वडा नं ६ ले गस बर्ष ४ हजार लाली गुरासको बिरुवा रोपेर नाङ्गो डाडालाइ गुरासमय बनाउने प्रयास थालेको हो ।

नेपालको हिमाल, पहाड र तराइको बिभिन्न भूभागहरुको अतिरित्त भारत, भूटान र बंगलादेश सम्मको दृश्यावलोकन सुर्योदय र सूयास्तको मनोरम दृश्यहरु हेर्न सकिने यो डाडो भारतको सिमाना नजिकै रहेको छ भने नेपालको पूबीैद्धार काकडभिट्टाबाट करिव १७ किलोमिटर उत्तरमा रहेको छ । र्भखरै मात्र यातायातको पहुच पुगेको सो डाडाको आसपासमा अजंगको गाजले भिर रहेको छ भने तराइ क्षेत्रको मानिसहरुको लागि सबैभन्दा नजिकको सुर्योदयको दृश्याबलोकनको गन्तब्य समेत बन्ने संभावना रहेको छ । अहिले स्थानिय युवाहरुको पहलमा डाडोमानै खेलमैदान सिडिहरुको संरचनाको निमाण गरिएपछि पर्यटकहरुको चहलपहल देखिन थालेको स्थानिय युवा बिनोद राइले बताए ।

अहिले वडा कार्यालय जिर्मलेले उक्त स्थानमा लालिगुरास रोपेर इलाममा तराइको सबैभन्दा नजिकको स्थानमा लालिगुरास पार्क निमार्ण गर्न दिर्घकालीन सोचका साथ यसैबर्ष लालिगुरासको बिरुवाहरु रोपेर संरक्षण समेत गर्न लागिएको वडासदस्य केश प्रधानले बताए । नजिकैको सलकपुरमा सामुदायिक होमस्टेको स्थापना भइसकेको र पर्टटकहरुको चहलपहल बढ्न थालेपछि पर्यटकहरुको बसाइ लम्बाउन डाडोलाइ गुरासमय बनाउन अभियान थालिएको र गाउपालिका, प्रदेश र संघिय सरकारमा यस डाडाको संभावना र बिकासको बारेमा कार्यक्रम पेस गरिने तयारी रहेको र गुरास संरक्षण अभियानमा निजी ब्यवसायि र संधसंस्थाहरुसग कुराकानी भइरहेको वडाध्यक्ष मनिकुमार तामाङ्ग सुवासले बताए ।

प्रतिक्रिया दिनुहोस