साउन १७, ललितपुर । नख्खु कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जना कैदिको मृत्यु भएको छ ।
अपरान्ह १ बजेको आसपासमा कर्तव्य ज्यानसम्बन्धि मुद्दाका कैदिहरु सर्लाही घर भएका ५० वर्षीय पवन कुमार महतो र पूर्ण बहादुर राजी विच भएको झडपमा नख्खु कारगारमा जेल जीवन बिताइरहेका पूर्ण बहादुर राजीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार महतोले राजीमाथि इट्टाको ब्लकले आक्रमण गर्दा राजीको मृत्यु भएको हो । ललितपुर प्रहरीको टोलीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ । राजीको शवलाई वीर अस्पताल पुर्याएको प्रहरीले जानकारी दिएको छ ।