साउन १७, काठमाडौं । बालाजुमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई कामदारको मृत्यु भएको छ । पाइप सफा गर्ने क्रममा निसास्सिएर बिहान १० बजे दुई कामदारको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय सुरेश शाह र २० वर्षीय शिवकान्त शाह रहेका छन् । पाइपमा बेहोस भएका उनीहरुलाई उद्धार गरी महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा दुवैको मत्यु भएको हो ।