• २०८१ चैत्र ३ गते सोमवार

कु–प्रथाको न्यृनिकरण भएन किन ?

पढ्न लाग्ने समय : ४ मिनेट
  • भावना हमाल

साउन १७, दैलेख । दैलेखका दुरदराजमा अझै पनि विद्यमान कुप्रथाहरुले निकै जरा गाडेको पाईन्छ । त्यस मध्यको एक हो छाउपडि । यस्ले जरा गाड्नुको मुख्य कारण हो अशिक्षा र चेनताको कमि हुनु । धेरै जसो रजश्वला भएपछि गाई बाँधने गोठ तथा अलग्गै छानोमा बस्न अझै पनि बाध्य छन यहाँका महिलाहरु ।

 

देश संघीयतामा परिणत भैसकेपछि गाउँगाउँमा सिंहदरबार स्थापना भैसकेका छन । ११ वटा स्थानीय तह रहेको दैलेखका स्थानीय तहहरुले पनि यस्ता कुप्रथाहरुको अन्त्य गर्न विभिन्न खाले चेतनामुलक कार्यक्रमहरु गर्ने गरेकै छन । दैलेखमा विभिन्न संघ संख्थाहरु पनि गाउँगाउँमा गई कार्यक्रम पनि नगरेका होईनन् गरेको नै छन । तर,यस्को मुल धार भने नागरिकहरुले अझै बुज्न नसकेको पाईन्छ । पछिल्लो समय ‘छाउपडि प्रथा’ जो अहिले विस्तारै कम हुदै गएको पाईन्छ ।अझै पनि छाउ बारेन भने देउता रिसाउने, घरमा सर्प आउने ,दुनो भैँसीले दुध नदिए महिलालाई छाउ बारेन भनेर दोष आउने जस्ता थुप्रै समस्या आइपर्ने कुरामा विश्वास गर्छन र छाउगोठमा बस्न बाध्य छन नारिहरु ।

कु–प्रथाका बिषयमा प्रश्न राख्दै एक सहभागी महिला ।

पछिल्लो समयमा ३० प्रतिशतका दरमा छाउपडि घटेको देखिन्छ दैलेखमा । दैलेखमा छाउपडि मात्र हेन बालविवाहले पनि स्थान लिएकै छ । यहाँका आफ्नो विधमान परम्परालाई कम गर्नको लाागि यहाँका नत जनप्रतिनिधिनै अग्रसर देखिन्छन त, नत यहाँका वुद्धिजीविहरु नै । यस्ता खाले प्रवित्ति भए पनि गुपचुप गर्न खोजिन्छन । यस्ले गर्दा बालविवाह कसरि कम हुन्छ ? प्रश्न गरे ‘ सामाजिक सेवा केन्द्र(सोसेके) नेपालका १२ औँ संस्थागत सामाजिक तथा लैंगिक परिक्षण कार्यक्रममा । बिहीबार दैलेख सदरमुकाममा गरिएको उक्त परिक्षण कार्यक्रममा सहभागी भएकाहरुले बालविवाह र छाउपडी न्यूनिकरणबारे स्थानयि तहका जनप्रतिनीधिलाई पश्न राखे । उनीहरुका जिल्लामा बालविवाह, छाउपडि प्रथा, बालश्रम लगाएतका कु–संस्कार र कुरिति अन्त्य गर्नुपर्ने सन्दर्भमा आआफ्ना भनाई थिए ।

कार्यक्रममा सहभागी भैरबी गाउँपालिकाकी सिता विकले किन हट्दैन छाउपडी प्रथा भन्दै पश्न गरिन । न्यूनिकरणका लागि समुदाय स्तरबाटनै फाट्टफु्ट्ट कार्यक्रमहरु पनि नभएका हैनन । तर किन परिमार्जिन हुन सकिरहेको छैन हाम्रो समाज अझै ? यस्ता प्रश्न को सँग गर्ने ? उनले भनिन । कार्यक्रममा सहभागी केहीले भने‘छाउपडी प्रर्था न्यूनिकरण अभियानमा जेष्ठ नागरिकहरुलाई लक्षित गराउन र युवाहरुको मागका आधारमा परियोजना कार्यक्रम ल्याउनुपर्ने सुझाव थियो ।

सोही कार्यक्रममा सहभागी भएका थिए नारायण नगरपालिकाका नगर–प्रमुख रत्नबहादुर खड्का । उनले सहभागीका गुनासा सुन्दै महिला र बालबालिकाको सवालमा स्थानीय सरकार गम्भिर रहेको बताए । उनले जिल्लामा रहेका गैससले कार्यक्रमहरु गरे सहयोग गर्ने जनाए ।

सोसेकका निर्वतमान अध्यक्ष मञ्जु कुमारी खड्काले विगत बर्षहरुमा छाउपडी र जातिय छुवाछुतको सवालमा काम गर्दा केहि स्थानमा कार्यक्रम संचालन गर्न समेत रोकावट भएको स्मरण गर्दैै त्यति बेला भोगेका चुनौतीहरुले हाल समाजमा थुप्रै परिवर्तनहरु भैरहेको बताइन । उनले स्थानीय तहहरुसंग समन्वय गरि बालविवाह, छाउपडी, जातिय विभेद, महिला हिंसा जस्ता सामाजिक कुरिति र कुसंस्कारलाई न्यूनिकरण गर्न पहल गर्ने बताइन ।

सोसेकका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले सँंस्थाको आर्थिक बर्ष २०७५÷०७६ को बार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । महिला, दलित, बालबालिका, विपन्न समुदाय, अपांगता भएका व्यक्ति र लोपोन्मुख राउटे समुदायको क्षेत्रमा काम गर्दै आएको सोसेक नेपाल दैलेखको गत आर्थिक बर्ष २०७५÷२०७६ को कुल बजेट सात करोड, ४३ लाख ८९ हजार नौ सय ४० थियो । त्यस मध्ये सात करोड ४१ लाख ७२ हजार सात सय ४८ खर्च भएको छ ।

संस्थाद्धारा आयोजित संस्थागत परिक्षणमा सोसेक नेपाल दैलेखले गरेका राम्रा र प्रभावकारी कार्यहरुको प्रसंशा गरिएको थियो । सहभागिहरुले संस्थाले छिमेकी मुलुक भारतमा अलपत्र परेका, बेचिएका महिला बालबालिकाको उद्धार लगाएतका कार्यहरुको खुलेरै प्रशंसा गरे । सोसेकले कर्णालीका दैलेख, सुर्खेत, कालिकोट र सुदुरपश्चिम प्रदेशको अछाममा विभिन्न कार्यक्रम र परियोजना संचालन गरिरहेको छ ।

बिहीबारको परिक्षण कार्यक्रममा लोपन्मुख जाति राउटेको समेत सहभागीता भएको थियो । राउटे युवा प्रकाश शाहीले आफुहरु विस्तारै परिवर्तन हुँदै जाने बताए ।
यति मात्र हैन दैलेखका दुर्गम गाउँहरुमा छोरीहरु घाँस दाउरा र मेलापात गर्ने र छोराहरु स्कुल जाने जस्ता कार्य पनि नभएको होइन । यस्ता कार्यलाई न्यृनिकरण गर्नका लागि भएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा जनताचेतनाका कार्यक्रम,गुणस्तरीय शिक्षालाई सरकारले अझ शसक्त रुपमा परिचालन गरी महिलालाई शसक्तिकरण बनाउँन सके सामाजिक कुप्रथालाई अन्त्य गर्न सकिने कुरामा दुईमत छैन

प्रतिक्रिया दिनुहोस