- सागर थापा
असार १७, काठमाडौं । दाङको तुल्सीपुरमा काठमाडौ विमानस्थल २१ घण्टा सञ्चालन भएसँगै अब तुलसीपुरमा विहान विमान बस्ने भएको छ ।
नेपाल वायुसेवा निगमका अनुसार तुलसीपुरमा विहान सवा ९ बजे विमान बस्ने भएको हो । ‘दिउँसो हावाका कारणले गर्दा जहाज नियमित भएको थिएन अब नियमित हुन्छ’ वायु सेवा निगमकी विजनेस डेपुटी डाइरेक्टर रिना राईले जानकारी दिइन् । राईका अनुसार तुलसीपुरमा यात्रुको चापका कारण विमान सेवा नियमित बनाउनका लागि उडान तालिकामा हेरफेर गरिएको हो । ‘अब जहाज नियमित नै हुन्छ’ राईले भनिन् ।
तुलसीपुर विमानस्थल सञ्चालनसँगै हवाई मार्गको प्रयोग गर्ने यस क्षेत्रका यात्रुहरुले तुलसीपुर विमानस्थलको प्रयोग गर्दै आएका छन् । उपमहानगरपालिकाको संयोजनमा हरेक दिन विमान सेवा सञ्चालन भइरहेको विमानस्थल सञ्चालन समितिका संयोजक सुर्यवहादुर डाँगीले बताए ।
संयोजक डाँगीले यात्रु प्रतिक्षालय भवनको निर्माण अन्तिम चरणमा पुगेको बताउँदै धावनमार्ग विस्तारका लागि संघले बजेटको समेत व्यवस्था गरेको छ ।